सचिवालय बैठक बोलायो रास्वपाले बोलायो

बुधबार, असार ३, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो ।

महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्