भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा, नेकपाले सरकारसँग माग्यो जवाफ

सोमबार, असार १, २०८३

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन् ।

भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसद्मा राखेका हुन् । यसबारेमा उनले सरकारसँग जवाफ मागे ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार