सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए । गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने बताएका छन्।
आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने उनको भनाइ छ। जेनजी आन्दोलनमा सहभागीहरूलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाइरहेको छ। कतिपय पुर्पक्षका लागि थुनामा पनि छन्।
यस्ता छन् चार निर्णय
– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।
– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।
– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने ।