प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ : रास्वपा

मंगलबार, जेठ १९, २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ।

मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धी विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे। 

उनले भने,‘यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको छ। त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो। र यो चाहीँ अन्तर्राष्ट्रिय हिसावमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नुभएको छ। त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ।’

महामन्त्री बुर्लाकोटीले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा रास्वपा स्पष्ट रहेको पनि दाबी गरे। उनले बजेट पारित गर्न ढिलाई हुने भएकाले पनि विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार