प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

आइतबार, जेठ १७, २०८३

काठमाडौं । सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले देशको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन्।

सांसद शर्माले प्रधानमन्त्री शाहको अभिव्यक्ति पूर्णतः अराजक, अनैतिक र गैरजिम्मेवार मात्र नभई अत्यन्त आपत्तिजनक तथा निन्दनीय रहेको बताएका छन्। उनले राष्ट्रिय सार्वभौमिकता र सीमा जस्ता संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले सोचविचार गरेर धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे।

उनले प्रधानमन्त्रीको भनाइले जनमानसमा भ्रम सिर्जना गर्नुका साथै राष्ट्रिय हितमा समेत नकारात्मक असर पर्न सक्ने दाबी गरे। सांसद शर्माले देशको हित र संवेदनशील विषयमा सबै राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिबारे अन्य राजनीतिक दल तथा सरोकारवाला निकायबाट समेत प्रतिक्रिया आउने क्रम जारी रहेको छ। नेपालले भारतको जग्गा मिचेको छ । भन्ने अभिव्यक्ति बालेनले संसदमा व्यक्त गरेपछि अहिले बालेनको चौतर्फी आलोचना भैरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्