नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री शाह

आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए ।

उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।

‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्