प्रचण्ड अस्पताल भर्ना

शनिबार, जेठ १६, २०८३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उनलाई निमोनिया भएको छ ।

प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार