सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् ।
दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन रुलिङ गरेका छैनन् । विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रधानमन्त्रीको तर्फबाट सदनमा मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन् ।