मनोज शर्माको नाम प्रधानन्यायाधीशमा अनुमोदन

मंगलबार, जेठ ५, २०८३

काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।  समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । अब अनुमोदनपछि  संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउँछ ।

त्यसपछि उनको  औपचारिक नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार