प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

मंगलबार, वैशाख २९, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए l

त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार