माइतीघरमा चम्चा र थाल ठटाउँदै सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन

शुक्रबार, वैशाख २५, २०८३

काठमाडौं । सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्तापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन् ।

काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार