कोहलपुरमा भूमिहीन सुकुम्बासीका लागि होल्डिङ सेन्टर व्यवस्थापन

बिहीबार, वैशाख २४, २०८३

कोहलपुर नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारहरूको अस्थायी बसोबास व्यवस्थापनका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाले २०८३ वैशाख २४ गते सूचना जारी गर्दै वडा नं. ११ स्थित क्रिकेट मैदान आसपासका अतिक्रमित जमिन वैशाख २६ गते बिहानदेखि खाली गराइने जनाएको हो।

नगरपालिकाका अनुसार २०८०/०५/१२ को निर्णयअनुसार संकलित पारिवारिक लगत विवरणका आधारमा प्रभावित परिवारहरूलाई अस्थायी व्यवस्थापन गर्न १६ वटा सम्भावित स्थानलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिनेछ।

सूचनाअनुसार नयाँ बसपार्क टर्मिनल भवन, दिपशिखा आधारभूत विद्यालय, नगर विकास समितिको भवन, सामुदायिक भवन, स्वास्थ्य चौकी भवन तथा क्रिकेट मैदान स्टेडियमका सटर लगायतका स्थानमा होल्डिङ सेन्टर बनाइनेछ।

नगरपालिकाले २०० भन्दा बढी परिवार प्रभावित भएमा गेष्ट हाउस भाडामा लिएर समेत होल्डिङ सेन्टर सञ्चालन गरिने जनाएको छ। आवास तथा खाद्यान्न व्यवस्थापनका लागि उपसमिति गठन गरिएको पनि सूचनामा उल्लेख छ।

सूचनामा आवास तथा खाद्यान्न व्यवस्थापन उपसमिति संयोजक नरेश वान्तवा राई तथा नगर प्रहरी प्रमुख वीरबहादुर थापासँग सम्पर्क गर्न अनुरोध गरिएको छ।691563668_1580871310708444_7242645704166635299_n-1778154749.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार