सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दाङ । दाङको लमहीमा भूमिहीन किसानहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले प्रदर्शन तथा सभा गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले `उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर´ भन्ने नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।
र्यालीमा दाङका विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासी, गुठी, मोही तथा मुक्त कमैया संघर्ष समिति दाङ देउखुरीको आयोजनामा सम्पन्न भएको हो ।
लमही नगरपालिका, राप्ति गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट सहभागी भएका प्रदर्शनकारीहरूले आफूहरूको दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् ।
उनीहरूले जबरजस्ती उठिबास रोक्न, सुरक्षित बसोबासको व्यवस्था गर्न तथा भूमि र आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।