राष्ट्रपतिले गरे संसद्का दुवै सदनको अधिवेशन आह्वान

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।rp-1777987972.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार