सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

आइतबार, वैशाख २०, २०८३


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार बसेको रास्वपा सचिवाल बैठकले यस्तो सरकारलाई सुझाव दिएको हो । काठमाडौं उपत्यकाका खोला किनारामा असुरक्षित  र अव्यस्थित बसोबास गरिरहेका नागरिकलाई चैत मसान्तभित्र सुरक्षित स्थानमा बासस्थान मिलाउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘केही महिनापछि बाढी आउँछ । फेरि भिजिबिलिटी पुगेन भनेर छाड्दिने हो कि अहिलेदेखि नै सुरक्षित ठाउँतिर लैजाने हो । सरकारलाई आगामी चैत मसान्तभित्र व्यवस्थित तरिकाले गाँस, बास र स्वास्थ्यमा ध्यान दिएर व्यवस्थापन गर्न बैठकले सुझाव दिएको छ ।’

घरबार विहीनहरूलाई सुरक्षित एवं व्यस्थित रूपमा स्थानान्तरणका लागि सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए । यसका लागि अधिकार सम्पन्न प्राधिकरण बनाउने र यसको लगतहरू बनाएर आवश्यक सूचना लिएर चैत मसान्तभित्रमा कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसक्न सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १८:३७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार