सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
सेनाको सूचना अनुसार विभिन्न पदहरूमा ४५ सय जना नयाँ कर्मचारी भर्ना गरिने छ। सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स (ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। आज शुक्रबारदेखि नै दरखास्त खुला गरिएको र आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।