सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
प्रतिनिधिसभाका विपक्षी दलहरूको बैठक आज बस्दैछ। बिहीबार बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। हिजोको बैठकमा हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाहेक विपक्षी चार दल सहभागी थिए।
‘हिजोको बैठकमा हामीले सरकारले ल्याएका अध्यादेशका विषयमा छलफल गरेका थियौँ। हामीले त्यसमा साझा धारणा पनि बनायौँ,’ नेकपाका प्रमुख सचेतक दुलालले भने, ‘आजको बैठकको एजेण्डा सुकुम्बासी समस्या र सेनाको सक्रियता सम्बन्धी छ। हामी सुकुम्बासी समस्या समाधान सम्बन्धी साझा धारणा बनाउने छौँ। सुकुम्बासी बस्तीमा सेनाको सक्रियताको कुराहरू पनि आइरहेका छन्। त्यस सम्बन्धमा पनि छलफल हुन्छ।’