नेपाली कम्युनिस्ट पार्टीद्वारा वाम एकताको आह्वान

मंगलबार, वैशाख १५, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो ।

कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा नेकपाले कम्युनिस्ट एकताको प्रस्ताव अघि बढाएको हो ।

बैठकले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न पनि नेकपाले सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १९:५०
प्रतिक्रिया दिनुहोस्