राप्रपा नेता विक्रम पाण्डे पक्राउ

शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् ।

उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खाली गरियो थापाथलीको बस्ती
शुक्रबार, वैशाख ११, २०८३

आज २० औँ लोकतन्त्र दिवस
शुक्रबार, वैशाख ११, २०८३