सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं — राष्ट्रपति कार्यालयले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन बोलाउनु भएको हो।
जारी सूचनाअनुसार संघीय संसदको बैठक २०८३ साल वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्नेछ। बैठक संघीय संसद भवन, सिंहदरबारमा आयोजना हुनेछ, जहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सञ्चालन गरिनेछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यद्वारा जारी विज्ञप्तिमा संविधानअनुसार नियमित रूपमा अधिवेशन आह्वान गरिएको उल्लेख गरिएको छ।
यस अधिवेशनमा सरकारका आगामी नीति तथा कार्यक्रम, विधेयकहरू र समसामयिक राष्ट्रिय विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।