सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेकपा एमालेले नेपाल कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्दैछ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजे हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
गत भदौ२३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा चैत १४ गते पक्राउ परेका ओली १३ दिनपछि रिहा भएका थिए। त्यहीबीचमा उनको पत्थरीको शल्यक्रिया गरिएको थियो।
वर्तमान सरकारले पक्राउ गरेपछि ओलीले आज सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न लागेका हुन्।
पछिल्लो समय एमाले नेतृत्त्वमा ओलीको विकल्प खोज्न थालिएको छ। ओलीसँग निकट मानिने उपाध्यक्ष विष्णु पाैडेल, महासचिव शंकर पोखरेल लगायतका नेता नै ओलीलाई नेतृत्त्वबाट हटाउने आन्तरित तयारीमा लागेका छन्।
ओलीले सम्बोधन गर्ने कार्यक्रममा उपस्थितिका लागि एमालेले सबैमा अनुरोध गरेको छ।