सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं: पूर्व मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टीको घोषणापत्रमा उल्लेख गरिएको ‘राइट टु रिकल’ को स्पष्ट परिभाषा माग्दै यो व्यवस्था कसलाई लागू हुन्छ र कसलाई हुँदैन भन्नेबारे प्रस्ट पार्न आग्रह गरेका हुन्।
किराँतीले विशेषगरी श्रममन्त्री दिपक कुमार साहलाई पदबाट हटाइएको घटनालाई उदाहरणका रूपमा उठाउँदै प्रश्न गरेका छन्— “यदि ‘राइट टु रिकल’ लागू हुँदैन भने उनलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो?” त्यस्तै उनले गृहमन्त्री सुदन गुरुङमाथि पनि उक्त व्यवस्था लागू हुने वा नहुनेबारे स्पष्टता मागेका छन्।
किराँतीले व्यंग्यात्मक शैलीमा ‘जुँगा अनुसार कानुन लागू हुने’ आरोप लगाउँदै कानुनको समान कार्यान्वयनबारे प्रश्न उठाएका छन्। उनको प्रश्न छ— “के एउटै कानुन सबैका लागि समान हो, कि जुँगा हेरेर फरक–फरक हुन्छ?”
उनले रास्वपालाई छानबिनको माग गर्दै पारदर्शिता र राजनीतिक संस्कार देखाउन आग्रह गरेका छन्। “पुरानो र नयाँमा फरक देखिनुपर्छ भने व्यवहारमा पनि त्यो देखिनुपर्छ,” उनले भनेका छन्।
किराँतीले अन्त्यमा आफूले उठाएका प्रश्नहरू जनताको अधिकार र जवाफदेहितासँग जोडिएको भन्दै स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।