कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

बुधबार, वैशाख २, २०८३

नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ। कार्यवाहक सभापतिको हैसियतमा निरन्तर विज्ञप्ति जारी गरेपछि बुधबार बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

कांग्रेस सभपाति गगन थापाले सबैलाई वडा-वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए। त्यसअघि उनले सबैको सदस्यता खारेज भएको बताएका थिए। 

त्यसको विरोध गर्दै खड्काले गत चैत ३० मा विज्ञप्ति जारी गरेका थिए। त्यसअघि पनि खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेको भन्दै कांग्रेसले सचेत गराएको थियो। सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि कारबाहीको प्रक्रिया अघि बढाएको हो। 

खड्कालाई कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गरिएको जनाइएको छ। उनले तोकिएको समयमा चित्तबुझ्दो स्पष्टीकरण नदिएमा कारबाही गर्ने सभापति थापाको तयारी छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्