टुँडिखेलबाट गुञ्जियो आरोग्यको सन्देश

बुधबार, वैशाख २, २०८३

काठमाडौँ । सैनिक मञ्च टुँडिखेल आज बिहान एउटा ऐतिहासिक क्षणको साक्षी बनेको छ। नेपालकै विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेपछि आज पहिलोपटक यो दिवस भव्य रूपमा मनाइएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित उक्त समारोहमा सभामुख, पर्यटनमन्त्री, जिवन विज्ञानका गुरुदेव एल पि भानु शर्मा, रमशे पाण्डे र विभिन्न सरकारी निकायका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

नेपालले विश्वमा समग्र स्वास्थ्य, मानसिक सुख र सन्तुलित जीवनशैलीको महत्वलाई स्थापित गर्न गरेको प्रस्तावलाई गत फागुन २६ गतेको संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेको थियो। सोही ऐतिहासिक निर्णयको कार्यान्वयन स्वरूप आजदेखि नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा यो दिवस मनाउन सुरु गरिएको छ। 

टुँडिखेलको खुला आकाशमुनि आयोजित कार्यक्रमले आरोग्य र वेलनेसको नेपाली दर्शनलाई अन्तर्राष्ट्रिय मञ्चमा फैलाउने नयाँ ढोका खोलेको छ। यो दिवसले मानिसलाई केवल रोगमुक्त रहन मात्र नभई शारीरिक र मानसिक रूपमा स्वस्थ र खुसी रहन प्रेरित गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्