मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्क साम्पाङले भने , "स्रोत विनाको सम्पत्ति भ्रष्टाचार हो"

सोमबार, चैत ३०, २०८२

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् । उनले भनेका छन्, ‘सम्पत्तिको विवरण त आयो तर अब स्रोत पनि आउनुपर्छ ।’

उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ ।’Add-a-heading-1776050919.png

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार