विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थीले थालेको संघर्षप्रति विप्लवको समर्थन

आइतबार, चैत २९, २०८२

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी सङ्गठनहरूले थालेको संघर्षप्रति समर्थन जनाएका छन् ।

उनले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी सङ्गठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’

जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन भएको उनको भनाइ छ । विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार