३ जना नेपालीले पाए कतारमा आममाफी

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ । लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्