छेडागाड नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, ६०० बढी लाभान्वित

सोमबार, चैत २३, २०८२

जाजरकोट l छेडागाड नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट करिब ६०० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

उक्त स्वास्थ्य शिविर छेडागाड नगरपालिकाको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) परियोजनामार्फत सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख चन्द्र बहादुर थापा रहेका थिए।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा महिलाहरूको पाठेघरको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण गरिएको थियो भने जनरल फिजिसियनद्वारा विभिन्न स्वास्थ्य समस्याको निःशुल्क जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य शाखाका अधिकृत छैटौँ दिपक खड्काका अनुसार, शिविरले स्थानीय बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान दिएको छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्