मूल्यवृद्धिको विरोधमा युवाहरूएको काठमाडौंमा विरोध प्रदर्शन

शनिबार, चैत २१, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले हाल पेट्रोलमा लगाउँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्