सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, संघीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नका लागि सिफारिस गरिएको हो । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।