सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने बालेन सरकारको निर्णयविरुद्ध महोत्तरीको बर्दिवासमा प्रदर्शन भएको छ।
महोत्तरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को गृह जिल्ला हो। स्थानीयले बर्दिवास पूर्वधार विकास आयोजना खारेज गर्ने सरकारको निर्णयविरुद्ध बर्दिबासस्थित पूर्वापश्चिम राजमार्गमा यातायात बन्द गरेर अहिले प्रदर्शन गरिरहेका छन्।
अघिल्लो सरकारले स्वीकृत गरेर निर्माणको कामसमेत अघि बढिसकेको बर्दिवास मेडिकल कलेज वर्तमान सरकारले खारेज गरेपछि महोत्तरीवासी आन्दोलित बनेका प्रदर्शनमा सहभागी बिष्णु बम्जनले जानकारी दिए।
अहिले स्थानीयले बर्दिवासस्थित पूर्वपश्चिम राजमार्गमा चक्का जाम गरेर प्रदर्शन गरिरहेका छन्। बालेन नेतृत्त्वको सरकारको यही चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले बर्दिवास, बुटवल र सुर्खेत मेडिकल पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने निर्णय गरेको थियो।
बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारामा छ।