द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई नेकपाको आग्रह

शनिबार, चैत १४, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई आग्रह गरेको छ। 

शनिबार नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले प्रेस विज्ञप्ति जारी गरी कार्कीको आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले चालेको कदमप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ‘सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रवितेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रतिवेदन कार्यान्वयन गर्दा विधिको शासनको पालना गर्न नेकपाले आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।’cpn-oli_oM4VI6PHxh-1774706397.jpg

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्