भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

बिहीबार, चैत १२, २०८२

काठमाडौं । भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो ।

मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो । रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि घाइते भएका छन् । दुर्घटनामा परेका बस र ट्रक नराम्ररी जलेका छन् ।

प्रधानमन्त्री मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार