सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन् ।
आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ । भोलि चैत १३ गते भने प्रधानमन्त्रीको रुपमा रास्वपा बरिष्ठ नेता बालेन शाहले शपथ ग्रहण गर्दैछन् ।
शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजे शीतल निवासमा हुनेछ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम समेत छ ।
त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तयारी छ ।