सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।
यसअघि गत शुक्रबारबाट सुरू भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।
निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् । बैठकमा निर्वाचनको समीक्षा र पार्टीको १५औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।