सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।
भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले बताएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।
निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो ।