कालिकोटबाट चौथोपटक विजयी भएपछि शाहीको भावुक धन्यवाद: “यो जित जनताको भरोसाको हो”

आइतबार, चैत ८, २०८२

बाँके — नेकपाका प्रभावशाली नेता एवम प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले चौथोपटक भारी मतसहित विजयी भएपछि कालिकोटवासीप्रति आभार व्यक्त गरेका छन्। उनले मतदाताले पटक–पटक दिएको विश्वासलाई असाधारण भन्दै यसलाई आफ्नो मात्र नभई पार्टी र जनताको जितको रूपमा व्याख्या गरेका छन्।

शाहीले एक सन्देश जारी गर्दै भने, “एउटा व्यक्तिलाई एकपटक विश्वास गर्नु सामान्य हो, तर लगातार तीनपटक परीक्षण गरेर चौथोपटक समेत भारी मतले जिताउनु असाधारण कुरा हो।” उनले यो परिणामलाई जनताले पार्टीप्रति देखाएको अगाध प्रेम र अटुट भरोसाको प्रतिफलको रूपमा लिएका छन्।

उनले आफूलाई पटक–पटक निर्वाचित गरिए पनि जनताको अपेक्षा पूरा गर्न अझै धेरै काम बाँकी रहेको स्वीकार गरे। उनले सामाजिक सञ्जाल माफत भनेका छन् “यो चौथो कार्यकाल पद होइन, तपाईंहरूको पसिना र भरोसाको ऋण तिर्ने अवसर हो l” 

शाहीले आफूलाई पुनः सेवकको रूपमा स्वीकार गरेकोमा कालिकोटका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमन गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।Screenshot-2026-03-22-132036-1774164954.png
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्