सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । पछिल्लो समय ह्वाट्सएप (WhatsApp) ह्याक गरी पैसा माग्ने र ठगी गर्ने घटना बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले नागरिकलाई सचेत गराएको छ ।
ह्याकरहरूले विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट नियन्त्रणमा लिएर निजका साथीभाइ तथा आफन्तलाई म्यासेज पठाउने गरेका छन् । आफू समस्या/अप्ठ्यारोमा परेको भन्दै पैसा माग्ने । बैंकिङ एपमा समस्या आएको भन्दै क्यूआर कोड पठाएर ठगी भइरहेको ब्युरोको भनाइ छ ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीद्वारा हस्ताक्षरित अनुरोधसहितको सूचनामा ह्वाट्सएपमा कसैले पैसा मागे तुरुन्त विश्वास नगर्ने र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र यकिन गर्ने, आफ्नो ह्वाट्सएप सुरक्षाका लागि Two-Step Verification राख्ने, ओटीपी कसैलाई सेयर नगर्ने, शंकास्पद लिंकमा क्लिक नगर्ने साथै अपरिचितबाट आएका लिंक र फाइल नखोल्ने/डाउनलोग नगर्न सचेत गराइएको छ ।