सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरदेखि अभिमुखीकरण कार्यक्रम चलिरहेको हो । कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित भएका छैनन् ।
उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।
‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’
रास्वपाको अभिमुखीकरण भोलिसम्म चल्नेछ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरू सहभागी छन् । अभिमुखीकरणमा सभापति लामिछानेले समापन सम्बोधन गर्ने कार्यतालिका छ ।