बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने कांग्रेसको निर्णय

आइतबार, चैत १, २०८२

नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

आइतबार बसेको सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाउने निर्णय गरेको हो। पाँच जना पुरुषमा विभिन्न क्लस्टरको पहिलो नम्बरमा रहेकाहरुलाई समेटिएको छ। 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती रखसआर्यबाट६–६, दलित र मधेसीबाट ३–३ जनाको नाम बुझाउने छ।

यस्तै, मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाउने निर्णय भएको उनले बताए। खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाउने निर्णय गरिएको उनको भनाइ छ।

कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने चालिसेले बताए।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्