रास्वपाले टुंग्यायो समानुपातिक सूची: ४८ महिला, ९ पुरुष समेटिए

आइतबार, चैत १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए । यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्