सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
पुष्पकमल दाहाल (प्रचण्ड)ले अत्यधिक बहुमतसहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको रुकुमपूर्वबाट नेकपाले समानुपातिकतर्फ पनि अत्यधिक मत पाएको छ।
निर्वाचन आयोगका अनुसार रुकुमपूर्वबाट नेकपाले नौ हजार ४४३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको एमालेले ३ हजार ३२९ मत पाएको छ।
यो क्षेत्रबाट कांग्रेसले २ हजार ८७० मत प्राप्त गर्दा रास्वपाले समानुपातिकतर्फ जम्मा १ हजार ९७० मत मात्रै ल्याएको छ।
रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका थिए।प्रचण्डले १० हजार २४० मत पाउँदा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका थिए।
त्यसैगरि रुकुम पूर्वबाट कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्। रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।