सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट — फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसद खड्क बहादुर बुढालाई बधाई तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटको आयोजनामा हुने बताइएको छ।
जिल्ला कार्य समितिले जारी गरेको सूचनाअनुसार कार्यक्रम फाल्गुन २७ गते बिहान ११ बजे आयोजना गरिनेछ। कार्यक्रम बीपी–गणेशमान स्मृति भवनमा सम्पन्न हुने जनाइएको छ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, कर्णाली प्रदेश कार्यसमितिका पदाधिकारी, निवर्तमान केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय कार्यसमिति (क) र (ख) का सभापति तथा पदाधिकारी, नगर तथा गाउँपालिका कार्यसमितिका सभापति लगायतलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
त्यस्तै, निर्वाचन सफल बनाउन सक्रिय रूपमा खटिएका भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू सहित सम्पूर्ण नेता तथा कार्यकर्तालाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा नवनिर्वाचित सांसद बुढालाई औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरिनुका साथै निर्वाचनमा साथ दिएका मतदाताप्रति धन्यवाद ज्ञापन गरिनेछ।