जाजरकोट चुनाव परिणामपछि शक्ति बस्नेतको प्रतिक्रिया: जनताको फैसला सर्वोपरि

शनिबार, फागुन २३, २०८२

बाँके । जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका नेता खडक बहादुर बुढालाई नेकपाका तर्फबाट उम्मेदवार तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले बधाई दिएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै बुढालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुने भन्दै निर्वाचन परिणामलाई पूर्ण रूपमा सम्मान गर्ने बताएका छन्।

बस्नेतले निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सम्पूर्ण सुरक्षा निकाय तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै, चुनावी अभियानका क्रममा अहोरात्र खटिएका पार्टीका कार्यकर्ता, समर्थक तथा सहयोगीहरूलाई पनि उनले आभार प्रकट गरेका छन्।

बस्नेतले जाजरकोटको समग्र विकास, समृद्धि र जिल्लावासीहरूको सुख–दुःखमा आफू सधैं साथमै रहने प्रतिबद्धता व्यक्त गर्दै जनताको सेवामा निरन्तर लागिरहने बताएका छन्।Screenshot-2026-03-07-191845-1772890447.png

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्