काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना भारी मतान्तरले विजयी

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं  l काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजय उन्मुख रहेकी छन्। उनले १४ हजार ४ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रबल थापाले ६ हजार ७ मत पाए। 

राप्रपाका रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गर्दा एमालेका मोहन रेग्मीले १४  सय ६१ मत पाएका छन्। 
मतगणना अन्तिम चरणमा पुगेकोले अबको एक घण्टामा सबै सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत  चुरामनी खड्काले जानकारी दिए। 

औपचारिक घोषणा भने केहीबेरमा सार्वजनिक हुने छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार
थप समाचार
१६१औं मोती जयन्ती मनाइँदै
शुक्रबार, फागुन २२, २०८२

उद्योगमन्त्रीले दिइन् राजीनामा
शुक्रबार, फागुन २२, २०८२