सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सम्पूर्ण सरोकारवाला पक्षप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकारका निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति कृतज्ञता व्यक्त गरिएको छ।
विज्ञप्तिमा जनताको सक्रिय सहभागिताले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रतिको जनअपेक्षा अझ सशक्त बनेको उल्लेख गर्दै आगामी निर्वाचन परिणामले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ।