सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् ।
उनले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोभन्दै सन्तोष पनि प्रकट गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित आम नागरिकलाई धन्यवाद दिएका छन् ।