देशभर करिब ६० प्रतिशत मत खस्यो, आयोगको प्रारम्भिक अनुमान

बिहीबार, फागुन २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्