सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट l पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार शक्ति बहादुर बस्नेतले जाजरकोटको पिपे मतदान केन्द्रबाट आफ्नो मतदान गरेका छन्।
बस्नेतले बिहानै मतदान केन्द्र पुगेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदै मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।
जाजरकोट क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार रहेका बस्नेतले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह समेत गरेका छन्। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा अहिले शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।