अनिवार्य मतदान गर्नुस् : प्रधानमन्त्री कार्की

बिहीबार, फागुन २१, २०८२

काठमाडौं l प्रधानमन्त्री सुशिला कार्कीले मतदानमा सहभागी हुन सबै नागरिकलाई अपिल गर्नुभएको छ। उहाँले देशका दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्रमा अनिवार्य रूपमा पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले जारी गरेको सन्देशमा भन्नुभएको छ, “आज फागुन २१ मा अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।”

उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताउनुभयो। साथै, शान्तिपूर्ण निर्वाचनका लागि नागरिकले देखाएको संयम, समझदारी र सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सबैलाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन योगदान दिन आग्रह गर्नुभएको छ।Screenshot-2026-03-05-100451-1772684423.png

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्